अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 04:30

इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:२४ मा प्रकाशित

इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको ज्यान गएको प्रतिक्रियास्वरूप यो आक्रमण गरेको बताएको छ । इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको ज्यान गएको थियो । हिजबुल्लाहकाअनुसार रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी आक्रमण  गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले झण्डै ९० वटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला हिजबुल्लाहले बेला बेला इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ । हमासपछि इजरायललाई हिजबुल्लाह चुनौती बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू