अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 06:34

पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकियो, झन्डै २ हजार जना पुरिएकामा ९ जनाकाे मात्रै शव फेला

बिआरटीनेपाल २०८१ जेठ २३ गते ८:१४ मा प्रकाशित

पपुवा न्यु गिनी (पीएनजी) को पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले उद्धार कार्य रोकेको छ । थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सेनाले पहिरोस्थललाई अर्को सूचना प्रकाशन नभएसम्म सबैका लागि प्रवेश निषेध क्षेत्र घोषणा गरेको छ । पपुवा न्यु गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम बस्तीलाई विस्थापित गरेको ६ सय मिटर लामो पहिरो स्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । तर अहिलेसम्म नौ जनाको मात्रै शव भेटिएको छ । जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित ठाउँमा सारिएको र धेरैले नजिकैको आश्रयस्थलमा शरण लिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू