अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 08:28

इरानमा कट्टरपन्थी नेता अहमदिनेजाद राष्ट्रपति बन्ने दौडमा

बिआरटीनेपाल २०८१ जेठ २० गते ५:१० मा प्रकाशित

इरानका कट्टरपन्थी पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद पुनः राष्ट्रपतिको दौडमा सामेल हुनुभएको छ । जुन २८ मा हुने राष्ट्रपति चुनावका लागि उहाँले आइतबार उम्मेदवारी दर्ता गराउनुभयो । हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि इरानले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्दैछ । मिडिया रिपोर्टका अनुसार इरानमा राष्ट्रपति पदको दौडमा करिब २० जना छन् । यीमध्ये अहमदिनेजाद सबैभन्दा चर्चित नाम हो । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएर सन् २०१३ सम्म इरानको राष्ट्रपति बन्नुभयो । उहाँ २ कार्यकालसम्म राष्ट्रपति हुनुभउको थियो ।

महमूद अहमदिनेजादको मनोनयनपछि इरानको राष्ट्रपतिको निर्वाचन रोचक बनेको छ । अहमदिनेजाद इरानका लोकप्रिय नेताहरूमध्ये एक हुनुहुन्छ । रोचक कुरा चाहिँ के छ भने अहमदिनेजादको मनोनयनसँगै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि दबाब बढेको छ । इरानको राष्ट्रपति हुँदा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिनुभएको थियो ।

यसका कारण सन् २०२१ को हुने राष्ट्रपतीय निर्वाचनमा उहाँलाई लड्न प्रतिबन्ध लगाइएको थियो । इरानको संवैधानिक निगरानी गर्ने संस्था गार्डियन काउन्सिलले उहाँलाई अयोग्य घोषित गरेको थियो । अहमदिनेजादलाई अमेरिकाको कट्टर विरोधी मानिन्छ । उहाँ इजरायलका पनि कट्टर विरोधी हुनुहुन्छ । अहमदिनेजादले इजरायललाई विश्वको नक्साबाट मेटाउनु पर्ने धारणा राख्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू