अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 09:31

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प व्यापारिक किर्ते प्रकरणमा दोषी ठहर

बिआरटीनेपाल २०८१ जेठ १८ गते ७:१० मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले झूटो व्यापारिक अभिलेखको कसुरमा दोषी ठहर गरेको छ । आफ्नो व्यापारिक रेकर्डहरु किर्ते गरेको कसुरमा चलेका सबै ३४ वटा मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । अमेरिकामा कुनै वर्तमान वा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । ट्रम्पलाई अब यही जुलाई ११ तारिखमा सजाय सुनाइनेछ । ट्रम्पले यो फैसलालाई अपमानजनक र राजनीतिक स्वार्थ पे्ररित भएको प्रतिक्रिया दिएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको प्रचारमा व्यस्त रहेका बेला ट्रम्पको मुद्दामा अदाललते फैसला सुनाएको हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनाव अघि एक जना एडल्ट फिल्म स्टारसँग राखेको सम्बन्ध लुकाउन आफ्ना पूर्व वकिलमार्फत भुक्तानी लुकाएको आरोप लगाइएको थियो ।

१२ जना न्यायाधीशहरूले सर्वसम्मत निर्णयमा पुग्नु अघि दुई दिनसम्म छलफल गरेका थिए । ट्रम्पले प्रत्येक अपराधका लागि अधिकतम चार वर्षको जेल सजाय पाउनसक्ने कानुनी आधार छ । अदालतले दोषी ठहर गरेपनि ट्रम्प नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा लड्न भने पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू