अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 08:43

भारतको दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियसको उच्च तापक्रम

बिआरटीनेपाल २०८१ जेठ १७ गते ७:३० मा प्रकाशित

भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको बीबीसीले जनाएको छ ।

भारत मौसम विज्ञान विभाग (आइएमडी) ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ । आइएमडीकाअनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा लु चल्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू