अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 06:13

रफाह क्षेत्र छोड्न सर्वसाधारणलाई इजरायलको अपील

बिआरटीनेपाल २०८१ वैशाख ३० गते ८:११ मा प्रकाशित

इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई मानवीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रमा जान अपील गरेको हो । तर संयुक्त राष्ट्रसंघीय निकायले सो क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएकाले हजार्रौ प्यालेस्टाइनीहरु थप मारमा पर्ने बताएको छ ।

हमास र इजरयालबीच जारी युद्धका क्रममा गाजाबाट बिस्थापित हजार्रौ प्यालेस्टाइनीहरु रफाहमा शरण लिइ बसेकोमा इजरायली सेनाले सो क्षेत्रमा ब्यापक हमला गरिरहेको छ ।स्थानीय र विस्थापित मानिसहरूले भरिभराउ भएका रफाहका केही भागहरू अहिले खण्डहरमा परिणत भएको छ । इजरायलले रफाहमा योजनाबद्ध रुपमा आक्रमण जारी राखेकाले प्यालेस्टाइनीहरुको हताहती र मानवीय संकट निम्तन सक्ने आँकलन गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले आफ्ना बन्धकहरूलाई रिहा गरेकै भोलीपल्ट युद्धविराम हुने सम्भावना रहेको जनाउनु भएको छ । यद्दपी हमास भने स्थायी युद्धबिराम हुने भएमात्रै बन्धकहरु छोड्न राजी भएपछि वार्ताले निकास पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू