अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 07:12

महँगीको विरोधमा प्रदर्शन चर्किएपछि पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा तनाव

बिआरटीनेपाल २०८१ वैशाख ३० गते ७:४५ मा प्रकाशित

पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र गहुँको पिठोको मूल्य बढेको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा एक जना प्रहरी निरीक्षकको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तान प्रशासित कश्मीर सरकारका प्रवक्ता अब्दुल मजिद खानले एक जना प्रहरी निरीक्षकको ज्यान गएको र ९० जना स्थानीय घाइते भएका बताउनुभएको खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरीमाथि गोली चलाएका थिए । प्रवक्ता खानले प्रदर्शनकारीविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

महँगीको विरोधमा मुजफ्फराबादका केही क्षेत्रमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सरकारले स्थितिलाई शान्त बनाउने कोशिश भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू