अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

उत्तर कोरियाले ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ को परीक्षण गर्‍याे

बिआरटीनेपाल २०८० माघ ५ गते ७:४७ मा प्रकाशित

उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियारसहित ड्रोनको परीक्षण गरेको छ । दक्षिण कोरिया, अमेरिका र जापानबीच भएको संयुक्त समुद्री अभ्यासको जवाफमा उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणालीको परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ ।तीन देशबीच भएको संयुक्त सैन्य अभ्यासले आफ्नो देशको सुरक्षामा गम्भीर सङ्कट देखिएको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको पछिल्लो गतिविधिलाई लिएर दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियासहित ३ वटा देशले गएको सोमवारदेखि अस्ति बुधवारसम्म जेजु टापुको जलक्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।उत्तर कोरियाले परमाणु ब्यालेस्टिक मिसाइलको कैयौँ परीक्षण र नयाँ हतियारको प्रक्षेपण गर्दै आइरहेको छ । यी सबै गतिविधि संयुक्त राष्ट्र सङ्घको प्रतिबन्धको उल्लङ्घन हो । उत्तर कोरियाली नेता किम जोङ अनले गएको हप्ता दक्षिण कोरियालाई आफ्नो देशको प्रमुख शत्रु घोषणा गर्दै पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय बनाएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू