अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 10:50

इजरायलद्धारा रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

बिआरटीनेपाल २०८० माघ ३ गते ५:४७ मा प्रकाशित

इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिपुर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौती गरिएको छ ।

१५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षा लगायतमा बढी जोड दिइएको छ ।यसैबीच युद्ध शुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको संख्या २४ हजार १ सय नाघेको छ । इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशत भन्दा बढी भाग बस्न अयोग्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू