अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 16:05

टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच गाजा द्वन्द्वबारे छलफल

बिआरटीनेपाल २०८० पुष २२ गते ५:२० मा प्रकाशित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नुभएको छ । टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान फिदानसँग दुई घण्टा लामो भेटवार्ता गर्नुभएको थियो ।

जसमा दुवै मन्त्रीले गाजामा जारी द्वन्द्व र मानवीय सङ्कटका साथै स्वीडेनको नाटो सम्मिलित प्रक्रियालगायत अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि यस क्षेत्रमा तनाव बढ्दै गएका बेला ब्लिन्केन क्षेत्रीय भ्रमणको भागको रूपमा शुक्रवार राति इस्तानबुल पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू