अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 20:48

इजरायली प्रधानमन्त्री नेतान्याहु युद्धग्रस्त क्षेत्र गाजामा

बिआरटीनेपाल २०८० पुष १० गते ५:१२ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धग्रस्त क्षेत्र गाजाको भ्रमण गर्नुभएको छ । भ्रमणकै क्रममा उहाँले हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने दाबी गर्नुभएको छ । सैन्य अभियान बिना हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइ सम्भव नभएको भन्दै उहाँले युद्ध लडेरै बन्धक रिहा गर्ने ठोकुवा गर्नुभयो ।सोही क्रममा आफना पार्टीका सदस्यहरुलाई जानकारी गराउँदै गाजामा सैन्य अभियान समाप्त नहुने भन्दै आगामी दिनमा आक्रमणलाई थप तीब्रता दिने जानकारी गराउनु भएको हो । हमास बिरुद्धको युद्ध लम्बिने बताउँदै प्रधानमन्त्री नेतान्याहुले युद्ध कुनै पनि हालतमा नरोकिने दाबी समेत गर्नुभएको छ ।

यता इजिष्टले भने दुइपक्षबीच युद्धविरामको प्रस्ताव पुन अघि सारेको छ । हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइका लागि युद्धविराम जरुरी रहेको भन्दै इजिष्टले युद्धविरामको प्रस्ताव अघि सारेको हो । यद्दपी दुवै पक्षले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा २० हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू