अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 22:31

चीन र रुसबीच व्यापारमा अमेरिकी डलर प्रयोग नगर्ने सहमति

बिआरटीनेपाल २०८० पुष ४ गते ६:१२ मा प्रकाशित

रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८औँ नियमित बैठकमा यस्तो बताउनुभएको हो ।

मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उउहाँले बताउनुभयो । “पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बीचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको)  देखाउँछ,” रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भन्नुभयो ।

रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू