अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 00:33

जलवायु न्यायलाई विर्सन हुँदैन : महासचिव गुटेरस

बिआरटीनेपाल २०८० मंसिर २५ गते ५:४३ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई विर्सन नहुने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप-२८ सकिन २ दिन मात्र बाँकी हुँदा सोमबार सम्मेलन स्थलमा पत्रकार सम्मेलन गर्दे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताउनुभएको हो ।सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समिक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले प्रत्येक देशले एनडिसीमार्फत गरेको जलवायु अनुकुलनको प्रतिवद्धतालाई समय सीमा तोकी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक उर्जाको प्रयोगलाई समयसिमा तोकि घटाउने र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । ‘जैविक उर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक उर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गर्नुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले सम्मेलनमा जैविक उर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामुहिक रुपमा आफ्नो प्रतिवद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिनुभयो । उहाँले ग्लोवल स्टक टेकको प्रमुख लक्ष्य नै वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक उर्जाको प्रयोगलाई घटाउनु भएपनि एकैपटक नभई समय सीमा तोकेर हटाउनुपर्ने तर्क गर्नुभयो । यसै प्रसङ्गमा उहाँले ‘कार त छ तर इनधन छैन भने त्यो कारको के काम लाग्यो’ भनी प्रतिप्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू