अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९
| Colorodo: 01:24
इजरायली सैन्य हमलाबाट गाजा पट्टीमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुगेको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार युद्ध शुरू भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएका छन् ।
इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा–सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ । उसले सीमित भूमिगत अपरेसनहरू पनि शुरू गरेको छ । जसबाट इजरायलमा कम्तीमा एक हजार ४०० जनाको ज्यान गएको छ ।