अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

क्यानाडा र अमेरिकामा समुद्री आँधीको प्रभाव,जनजीवन अस्तब्यस्त

बिआरटीनेपाल २०८० भदौ ३१ गते ५:०८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधीका कारण तुफानसहितको भारी वर्षा भएको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको दरले आएको आँधीसँगै भारी बर्षा हुँदा जनजीवन अस्तब्यस्त बनेको छ ।

अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया राज्यमा आँधीले ठूलै विपत ल्याउने चेतावनी दिइएको छ । अमेरिकाको राष्ट्रिय तुफान केन्द्रले अमेरिकाको न्यु इङ्ल्याण्ड र क्यानडाको आन्द्र महासागरको तटीय क्षेत्रमा आँधीको आपत् सुरु भईसकेको जनाएको छ । समुद्रमा १५ फिटमाथिसम्म छाल उठ्नसक्ने र त्यसले तटीय क्षेत्रमा ब्यापक क्षति पुर्‍याउन सक्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू