अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

राष्ट्रसंघ बिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

बिआरटीनेपाल २०८० भदौ १५ गते ८:२० मा प्रकाशित

कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा ५० जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू