अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

चन्द्रयान-३ ले लिएको चन्द्रमाको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०८० साउन २२ गते ५:४५ मा प्रकाशित

चन्द्रमाको सतहमा यान पुर्‍याएर संसारको चौथो मुलुक बन्न लागेको भारतले चन्द्रमा कक्ष नजिकैबाट चन्द्रयान–३ ले लिएको भिडियो सार्वजनिक गरेको छ । हालसम्म अमेरिका, रुस र चीन मात्रै चन्द्रमाको सतहमा पुगेका छन् ।भारतको चन्द्रयान-३ मिसन सफल भएमा भारत चन्द्रमामा पुग्ने संसारको चौथो मुलुक बन्ने छ । भारतले चन्द्रयान-३ मिसनमा ६ सय १५ करोड भारू खर्चिएको प्रारम्भिक अनुमान छ ।

चन्द्रमाको कक्षमा पुग्‍नुअघि चन्द्रयान-३ ले उक्त भिडियो लिएको थियो । गत शनिबार चन्द्रमाको कक्षमा पुगेको चन्द्रयान-३ ले खिचेको सो भिडियो भारतीय अन्तरिक्ष संस्था(इसरो)ले आइतबार सार्वजनिक गरेको छ । चन्द्रमाको कक्षको दुरी घटाउने क्रममा(रिडक्सन अफ अर्बिट) गर्नुअघि चन्द्रयान-३ ले लिएको उक्त भिडियो सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू