अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीकाे घोषणा

बिआरटीनेपाल २०८० साउन १९ गते ४:५५ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गए राति पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ तारिखमा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुभएको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ ।

संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ । कार्यवाहक प्रधानमन्त्री नतोकिए त्यहाँको निर्वाचन आयोगले हस्तक्षेप गरी निष्पक्ष चुनावका लागि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया बढाउन सक्ने एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पाकिस्तानको राष्ट्रियसभाले २०७८ चैतमा शहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू