अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

दक्षिण कोरियामा फेरी कोरोना संक्रमण बढ्यो

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:२६ मा प्रकाशित

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः फैलिएको छ । गत २४ घण्टामा दक्षिण कोरियामा ४६ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै कुल संक्रमितको संख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ जना पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।यसअघि बुधबार एकैदिन ५४ हजार ७ सय ६६ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमित मध्ये गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गएकाे छ । दुई दिनमा ४१ जनाको मृत्यु भएको छ ।

यसैबीच दक्षिण कोरियाली सरकारले सर्वसाधारणको लापरबाहीका कारण काेराेना संक्रमण दर बढेको भन्दै कोरोना महामारी नियन्त्रणका लागि थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । सर्वसाधारणकाे भीडभाड र सामाजिक दूरी कायम नगरेका कारण नै कोरोना संक्रमण दर बढेको भन्दै सरकारले सचेत रहन समेत अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय