अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९
| Colorodo: 16:04
अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिवानी मध्यस्थकर्ताबीच शान्तिवार्ताका लागि काबुलमा हुन लागेको बैठकको पूर्व सन्ध्यामा यो आक्रमण भएको हो । आक्रमणको जिम्मेवारी इस्लामिक अतिवादी समुह आईएसले लिएको छ ।
