अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

क्यानडाले कम आय भएका मुलुकलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०८ मा प्रकाशित

क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ ।आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो गरिसकेको क्यानडाले खोप किन्न सक्ने आर्थिक हैसियत नभएका देशका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले यसअघि नै ४१ करोड ४० लाखभन्दा बढी खोपको मात्रा अर्डर गरिसकेको छ ।क्यानडाले अरु कुनै पनि देशले आफ्ना नागरिकका लागि जोहो गरेको भन्दा बढी संख्यामा खोप व्यवस्था गरिसकेको ड्यूक ग्लोबल हेल्थ इनोभेसन सेन्टर उत्तरी क्यारोलिनाका शोधकर्ताले जनाएका छन् ।

एउटा वा दुईटा खोपले मात्र काम गरे पनि आफ्नो देशका लागि अर्बौ मात्रा खोपको डोज सुनिश्चित गरिसक्ने धनी मुलुक मध्येमा क्यानडा पर्दछ ।क्यानेडियन सरकारको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखे अनुसार उसले विश्व स्वास्थ्य संगठनमार्फत् यो सहयोग उपलब्ध गराउने छ । कोभ्याक्सका लागि क्यानडाको जस्तै सहयोगका लागि अरु केही धनी देशलाई पनि उत्प्रेरित गरिरहेको उक्त संगठनले पनि जनाएको छ ।मोडेर्ना, फाइजर जस्ता बहुराष्ट्रिय औषधि उत्पादक कम्पनीहरुले आफ्नो खोप अन्तिम चरणमा रहेको र ९५ प्रतिशतसम्म सफल देखिएको दाबी गरेपछि विश्वभर आशाको किरण सञ्चारित भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा दुई अर्ब खोप बन्ने अनुमान गरिएको छ । तर त्यस बेलासम्म विश्वलाई ५ अर्ब खोपको मात्रा चाहिने जनाइएको छ । सन् २०२३ नहुँदासम्म पर्याप्त खोप विश्व बजारमा आउन नसक्ने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय