अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

बहराइनका प्रधानमन्त्री खलिफाको निधन, ५४ वर्ष लगातार प्रधानमन्त्री रहने कीर्तिमान कायम

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०८ मा प्रकाशित

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ । सन् १९७१ देखि निरन्तर प्रधानमन्त्री रहनुभएका खलिफाले ५४ वर्ष सरकार चलाउनुभयो ।अमेरिकाको मायो क्लिनिक अस्पतालमा खलिफाको मृत्यु भएको बताइएको छ । मृत्युको कारणबारे खुलाइएको छैन ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खालिफाले एक हप्ताको औपचारिक शोकको घोषणा गर्नुभएको छ । उहाँको पार्थिव शरीर बहराइन ल्याएपछि सीमित व्यक्तिहरुबीच अन्तिम संस्कार गर्ने कार्यक्रम रहेकोसमेत दरबारले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय