अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

“एमसीसीमा सपनामा पनि हस्ताक्षर हुन्न”– श्रीलंकाका राष्ट्रपति राजापाक्ष

बिआरटीनेपाल २०७७ कार्तिक १६ गते ५:५१ मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताउनुभएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति गोटावायले भन्नुभएको छ, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने बताएका छन्। एमसीसीमा सपनामा पनि हस्ताक्षर हुँदैन। ती अरुलाई खुसी पार्नका लागि आएका कमेन्ट हुन्।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय