अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३०
| Colorodo: 23:45
बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन् ।कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ ।
युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनको ताजा प्रतिवेदनका अनुसार कोरोनाका कारण करोडौं बालबालिका गरिब भएका छने भने पहिले नै गरिब बालबालिकाको अवस्था अझ दयनीय भएको छ । अध्ययन अनुसार महामारी र लकडाउनका कारण यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । युनिसेफले अबको समयमा स्थिति थप बिग्रन सक्ने चेतावनी समेत दिएको छ ।