अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 02:28

अमेरिकामा आँधीका कारण कम्तीमा २० जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:५४ मा प्रकाशित

अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको ज्यान गएको छ । आँधीका कारण ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । लौरा ब्यारेल नामको आँधी क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको र टेक्सस र लुदियानातर्फ अघि बढेकाले त्यस क्षेत्र वरपरका सर्वसाधारणलाई आ–आफनो घर खाली गर्न आदेश दिइएको छ ।

भारी वर्षापछि आएको आँधीले अधिकांश घरहरु नष्ट गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो क्षेत्रका बासिन्दाका लागि राहत प्याकेजको घोषणा गर्न सम्बन्धित निकायलाई अपील गर्नुभएको छ । यसबीच टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय