विश्वमा कोरोनाका कारण ८ लाख १३ हजार नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख १३ हजार ५६ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३६ लाख १३ हजार ८ सय ७६ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ६१ लाख ३ हजार ८ सय २२ जना उपचारपछि निको भएका छन् ।
विश्वभर ६६ लाख ९७ हजार ५५ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६६ लाख ३५ हजार ३ सय ४६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ७ सय ९ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजार २ सय ९५ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८० हजार ६ सय ५ जनाको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा ३६ लाख ५ हजार ७ सय ८३ सङ्क्रमित हुँदा १ लाख १४ हजार ७ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३१ लाख १० हजार ७ सय ६१ सङ्क्रमित हुँदा कोरोनाका कारण ५७ हजार ७ सय १५ जनाको ज्यान गएको छ ।