अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 22:54

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ ६ गते ७:०६ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ८ सय ७ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ४९ हजार ७ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५७ लाख ३२ हजार ५ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वभर ६६ लाख १३ हजार ४ सय बढी सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६५ लाख ५१ हजार ६ सय ३१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ७ सय ८२ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९९ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने १ लाख ७९ हजार २ सय बढी जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित हुँदा ११३ हजार ४ सय भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म २९ लाख ७९ हजार ५ सय भन्दा धेरै सङ्क्रमित हुँदा कोरोनाका कारण ५५ हजार ९ सय ५० धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय