अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४
| Colorodo: 20:19
कोरोना भाइरसको संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका भारतीय गृहमन्त्री अमित शाहलाई फेरि अस्पताल भर्ना गरिएको छ। उहाँलाई पछिल्लो तीन–चार दिनदेखि शरीर दुख्ने, थकान हुने तथा चक्कर आउने समस्या देखिएपछि शाहलाई मंगलबार अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल सााइन्सेज् (एम्स)मा भर्ना गरिएको भारतीय सञ्जारमाध्यमले जनाएका छन्।
शाहलाई अगष्ट २ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। १४ अगष्टमा कोरोना परीक्षण रिपार्ट नेगेटिभ आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर घरमै आइसोलेसनमा बस्नुभएको थियो ।
एम्समा भर्ना भएका शाह हाल चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । एम्सले विज्ञप्ति जारी गर्दै शाहको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाटै आफ्नो काम गरिरहेको जानकारी गराएको छ।