अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 20:29

रुसले तयार पारेको कोरोना बिरुद्धको औषधिको तेस्रो परिक्षण अर्को साताबाट सुरु हुने

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:२९ मा प्रकाशित

रूसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको मानव परीक्षण सुरु गर्न लागेको छ । गत मंगलवार रूसले विश्वकै पहिलो कोरोना विरुद्धको खोप विकास गरेको दावी गर्दै मानवमा लगाउनका लागि तयार रहेको दावी गरेको थियो ।

दुई चरणको परीक्षण लगतै मानिसमा लगाउन तयार रहेको भन्दै खोपको उत्पादन समेत सुरु गरिसकेको रूसको खोपप्रति विश्वका विभिन्न वैज्ञानिकले चिन्ता जनाउँदै मानिसमा खोप नलगाउन आग्रह गरेको थियो ।

वैज्ञानिकहरुको तिनै चिन्तालाई अन्त्य गर्न रूसले स्पुतनिक भी नामक खोपको अब तेस्रो चरणको मानव परीक्षण आउने साताबाट सुरु गर्न लागेको छ । तेस्रो चरणको मानव परीक्षणमा मस्कोका दश हजार मानिसलाई सहभागि गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय