अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 01:06

‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’–राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ साउन ७ गते ५:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गर्नुभएको छ । यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गर्नुभएको हो । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले भौतिक दुरी कायम राख्न, मास्क लगाउन र मास्क किन्न आग्रह गरेको खबरमा उल्लेख छ । झण्डै तीन महिनापछि ह्वाइट हाउसमा भएको प्रेस ब्रिफ्रिङमा ट्रम्पले कोरोना महामारी सुधार हुनुको साटो झन् खराबतर्फ अघि बढिरहेको पनि बताउनुभयो ।

यसअघि लगातार कोरोना भाइरसलाई ’चिनियाँ भाइरस’ बताँदै आएका ट्रम्पले ब्रिफिङ कक्षमा खल्तीबाट मास्क निकालेपनि लगाउनुभएको थिएन । साथै ट्रम्प ब्रिफिङमा विना विशेषज्ञ उपस्थित हुँदै सम्बोधन गर्ने गर्नुहुन्थ्यो । उहाँले आफ्नो टिप्पणी संक्षिप्त र सटिक रुपमा राख्दै कुनै पत्रकारले केही प्रश्न राख्दा आफ्नो ढङ्गले उत्तर दिँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय