अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९
| Colorodo: 00:44
विश्व बैंकले कोरोना महामारीका कारण विकासशिल मुलुकहरुमा ऋणको समस्या बढ्न थालेको जनाएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपासले कोरोनो भाइरसका कारण विकासशिल मुलुकहरुमा ऋणको समस्या बढ्दै गएको भन्दै चेतावनी दिनुभएको छ ।
उहाँले विकसित मुलुकहरुको समूह जी २० का अर्थ मन्त्रीहरुसँगको छलफलको क्रममा उहाँले सबैभन्दा बढी ऋणको समस्या गरिब मुलुकमा उच्च भएको बताउनुभयो । मालपासले जी २० समूहका देशहरुलाई ऋण चुक्ता गर्नका लागि पहिले तय गरिएको समयलाई एक वर्ष थप गर्न पनि आग्रह गर्नुभयो ।