अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३
| Colorodo: 03:38
भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा आज आठ जना प्रहरीको हत्या भएको छ । एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको हो ।
घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । कानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा डेप्टी एसपी देवेन्द्र मिश्रासहित तीन सव इस्पेक्टर र चार कन्स्टेवल रहेका छन् ।
कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । दुवेको टाउकाको मोल प्रहरीले २५ हजार तोकेको थियो । जिल्ला पञ्चायतका पूर्व सदस्य दुवेविरुद्ध विभिन्न ५३ अभियोग रहेको कानपुर प्रहरीको भनाइ छ ।