अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 20:57

दक्षिण अफ्रिकाको एक विद्यालयमा दुई सयभन्दा बढी बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असार १० गते ८:०९ मा प्रकाशित

दक्षिण अफ्रिकाको एक विद्यालयमा दुई सयभन्दा बढी बालबालिका र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकाको निकै कमजोर मानिने ईस्टर्न केप प्रान्तमा रहेको एक निजी विद्यालयमा बालबालिका र कर्मचारीमा गरि दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

बीबीसीका अनुसार दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै १५ प्रतिशत मानिस यसै प्रान्तका छन् । ईस्टर्न केप प्रान्त दक्षिण अफ्रिकाको तेस्रो सबैभन्दा बढी प्रभावित राज्य हो । दक्षिण अफ्रिकामा हालसम्म कोरोना भाइरसका कारण एक लाख ६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । जसमा दुइ हजार एक सयको मृत्यु भइसकेको छ भने ५५ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय