महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख १९ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७४ लाख ८२ हजार ९ सय ५७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३७ लाख ९८ हजार २ सय ३ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ९ सय २७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १५ हजार १ सय ४१, इटालीमा ३४ हजार १ सय १४ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय १९ , बेलायतमा ४१ हजार १ सय २८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ५ सय ८४, जर्मनीमा ८ हजार ८ सय ४५ , बेल्जियममा ९ हजार ६ सय ३६, ब्राजिलमा ३९ हजार ७ सय ९७, रसियामा ६ हजार ५ सय ३२ र क्यानडामा ७ हजार ९ सय ६० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा ८ हजार १ सय १५ , पाकिस्तानमा २ हजार ३ सय ५६, बंगलादेशमा १ हजार ४९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय २६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६२ जनामा भाईरसको संक्रमण देखिएको छ ।