अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ८४ हजार ३ सय ९९ जनाको मृत्यु, ४२ लाख ८ हजार ८३ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख २९ गते ७:१५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ८४ हजार ३ सय ९९ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४२ लाख ८ हजार ८३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १५ लाख ४ हजार ५ सय ८६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८० हजार ७ सय ८९जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ७ सय ४४ , फ्रान्समा २६ हजार ३ सय ८० , बेलायतमा ३१ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ६ सय ८५, जर्मनीमा ७ हजार ५ सय ६९ र बेल्जियममा ८ हजार ७ सय ७, ब्राजिलमा ११ हजार १ सय ६८, रसियामा २ हजार ९ सय , क्यानडामा ४ हजार ८ सय ७० जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार २ सय १५ , पाकिस्तानमा ६ सय ८७ , बंगलादेशमा २ सय ३९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय २२, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय २१ र भुटानमा ९ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय