बेलायती महारानी एलिजाबेथ द्धितीयाले एक टेलिभिजन सन्देश जारी गर्दै बेलायती नागरिकलाई लकडाउनसंग हार नमान्न र कहिले निराश पनि नबन्न आग्रह गर्नुभएको छ । बेलायतले ८ मे मा युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन र युरोपको विजय दिवसको ७५ औँ वार्षिकोत्सव मनाउनेक्रममा सन्देश जारी गर्दै महारानी एलिजाबेथ यस्तो आग्रह गर्नुभएको हो ।
विन्ड्सोरबाट ९४ वर्षीया बेलायती महारानी एलिजाबेथले सन १९४५ सालमा दोस्रो विश्वयुद्धको अन्त्य भएको त्यो दिनको रमणीय दृश्यहरुसंग आजको लकडाउनलाई तुलना गनुृभयो । उहाँले आज सडकहरु खाली नभएको भन्दै प्रेम र एक अर्कालाई हेरचाह गरिहेको बताउनुभयो ।
दिवसमा बेलायती प्रधानमन्त्री जोनसन बोरिसलाई पनि बोलाइएको थियो । उक्त अवसरमा उहाँले कोरोना भाइरसविरुद्धको नयाँ संघर्षमा देश व्यस्त छौँ रहेकोले अहिले राष्ट्रिय प्रयासको समान भावनाको माग भएको बताउनुभयो ।