अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 08:20

अफगानिस्तानका स्वास्थ्यमन्त्रीमा कोरोना भएको पुष्टि

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २२:१७ मा प्रकाशित

अफगानिस्तानका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहीदुल्लाह मायरका अनुसार अफगानिस्तानका स्वास्थ्यमन्त्री फिरोजुद्दीन फिरोजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मायरले कोरोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री अस्पताल भर्ना भएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।

अफगानिस्तानमा हालसम्म कोरोनाका कारण ४ हजारको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् भने १ सय ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणका कारण ग्रिकका पूर्व स्वास्थ्यमन्त्रीको मृत्यु भएको छ । ७८ वर्षीय पूर्व स्वास्थ्य मन्त्री दिमित्री क्रेमास्टिनोसको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

उनी ग्रिकको कार्डियोलोजीस्क एण्ड युभिर्सिटिका प्राध्यापक समेत थिए । मार्च २६ मा कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय