अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 05:34

अफगानिस्तानको काबुलमा परीक्षण गरिएका नमूनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस

बिआरटीनेपाल २०७७ वैशाख २१ गते २२:०८ मा प्रकाशित

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा परीक्षण गरिएका नमूनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ५०० जनाबाट सङ्कलित नमूना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको हो । केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको मारमा परेको देश इरानबाट फर्किएका थिए ।

अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सय जना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन् । विशेषज्ञहरूले सङ्क्रमण अचानक ठूलो मात्रामा फैलिएमा त्यसले अफगानिस्तानको कमजोर स्वास्थ्य प्रणालीलाई तुरुन्तै निष्प्रभावी तुल्याइदिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय