अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 05:27

अमेरिकी दुबै सदनद्धारा सरकारको प्रस्ताव अस्विकार

बिआरटीनेपाल २०७७ वैशाख २१ गते २१:५९ मा प्रकाशित

अमेरिकाका दुवै सदनले सरकारको तर्फबाट गरिएको सांसदहरुका लागि कोरोना भाइरसको परीक्षण गर्न एक हजार र्यापिड टेस्ट किटको व्यवस्था गर्ने सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन् ।तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा माथिल्लो सदनका नेता रिपब्लिकन सिनेटर मिच म्याकनलले संयुक्त वक्तव्य जारी गरेर सरकारको प्रस्ताव अस्वीकार गर्नुभएको हो ।

उहाँहरुले परीक्षणको व्यवस्था गर्ने सम्बन्धी सरकारको प्रस्तावका लागि धन्बाद दिँदै परीक्षण सामग्रीहरु अत्यावश्यक रहेका क्षेत्रमा पठाउनु पर्ने बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प सदनको यो निर्णयबाट बेखुश रहेको बताईएको छ । उहाँले ट्वीट गरेर परीक्षणको प्रस्ताव अस्वीकार गर्नुमा राजनीतिक बाहेक अरु कारण नरहेको आरोप लगाउनुभएको छ ।

माथिल्लो सदन सोमबार पनि सुचारु हुनेछ । तर डाक्टरको सल्लाहपछि तल्लो सदनको कामकारवाही रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय