महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ४५ हजार १ सय ८५ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ११ लाख २९ हजार ३ सय ४४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३४ लाख ४ हजार ५ सय २५ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ६७ हजार ४ सय ४८ जनाको ज्यान गएको छ । इटालीमा २८ हजार ७ सय १०, स्पेनमा २५ हजार १ सय , फ्रान्समा २४ हजार ७ सय ६०, बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार २ सय ३, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ८ सय १२ र बेल्जियममा ७ हजार ८ सय ४४ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ३ सय २३ , पाकिस्तानमा ४ सय ४० , बंगलादेशमा १ सय ७७ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८५, श्रीलंकामा ७ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ६९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।