महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ४० हजार ७ सय ७३ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ११ लाख ८ हजार ८ सय ८६ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३४ लाख ८३ हजार ९ सय ३५ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ६७ हजार ४ सय ४४ जनाको ज्यान गएको छ । इटालीमा २८ हजार ७ सय १०, स्पेनमा २५ हजार १ सय , फ्रान्समा २४ हजार ७ सय ६०, बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार १ सय ५६, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ८ सय १२ र बेल्जियममा ७ हजार ७ सय ६५ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ३ सय २३ , पाकिस्तानमा ४ सय ४० , बंगलादेशमा १ सय ७५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७२, श्रीलंकामा ७ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ५९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।