अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२
| Colorodo: 23:17
महामारी बनेको नोवेल कोरोना भाइरसबाट लड्न लापरवाही गरेको आरोप विश्व स्वास्थ्य संठगठनले खण्डन गरेको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोस अधोनोम घेब्रेयसेसले ३० जनवरीमा जारी गरिएको स्वास्थ्य आपतकाललाई विश्वका विभिन्न मुलुकहरुले वेवास्ता गरेका कारण आज स्थिति भयावह बनेको बताउनुभयो ।
उहाँले जुन समय संगठनद्वारा विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको थियो त्यो समय चीन बाहिर केहि मुलुकमा ८२ जनामा मात्रै संक्रमण देखिएको र एक जनाको पनि मृत्यु नभएको उल्लेख गर्नुभयो ।
डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनले सँधै राम्रो कै सल्लाह दिने तर, मुलुकले मान्ने नमान्ने उनीहरुको दायित्व रहेको भन्दै संगठनको सल्लाह र निर्देशिका मान्ने मुलुकमा आज अवस्था राम्रो रहेको दावी गर्नुभयो ।