उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले बताएका छन् । पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीररुपमा बिरामी रहेको अथवा कतिपयले निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पस्ट गरेका हुन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिनुभएको हो । सरकारको सूचना बलियो रहेको र उनँ स्वस्थ र जीवितै रहेको ईनले बताउनुभयो । उहाँले अमेरिकी टेलिभिजन ‘सीएनएन’सँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराउनुभएको हो ।
उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भू–भागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको उहाको भनाई छ । यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उनको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उन गम्भीर बिरामी रहेको त केहीले निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।
