अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२
| Colorodo: 23:37
भारतमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको छ । राजधानी दिल्लीका ४९ वर्षका एक जना कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी स्वस्थ भएर घर फर्किएका छन् ।
४ अप्रिलमा कोरोना पुष्टि भएका ती व्यक्तिको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ८ अप्रिलमा भेन्टिलेटरमा राखिएको थियो । परिवारका सदस्यले गरेको आग्रहपछि डाक्टरहरुले उनलाई १४ अप्रिलमा प्लाज्मा थेरापी दिएका थिए । भारतमै पहिलोपटक प्लाज्मा थेरापी दिइएको उनी हिजो साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।