अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 23:09

साउदी अरबमा कोर्रा हान्ने सजाय खारेज

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:३० मा प्रकाशित

साउदी अरबमा दशकौंदेखि कायम रहेको कोर्रा हान्ने सजाय खारेज भएको छ । साउदी अरबको सर्वोच्च अदालतले कोर्रा हान्ने सजायले मानवअधिकार हनन् भएको भन्दै रोक लगाउन निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले कुनैपनि अभियुक्तलाई कोर्रा हान्ने सजायको सट्टा जेल सजाय र जरिवाना गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतको यो आदेशलाई साउदी अरबका राजा सलमान र राजकुमार मोहमद बिन सलमानले स्वागत गर्नुभएको छ ।

विश्वमै साउदी अरब मानवअधिकार हनन् हुने देशको रुपमा परिचित छ । जहाँ शासकविरुद्ध बोलेकै भरमा पक्राउ गरी कोर्रा हानेर सजाय दिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय