अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९
| Colorodo: 23:24
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि श्रीलङ्कामा शनिबारदेखि फेरि २४ घण्टे कर्फ्यु लगाइएको छ । शुक्रबार श्रीलङ्कामा थप ४६ जनामा सङ्क्रमण देखिएको छ । योसँगै श्रीलङ्कामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय २० पुगेको छ भने अहिलेसम्म ७ जनाको ज्यान गएको छ ।
नयाँ सङ्क्रमितमा ३० जना जलसैनिक हुन्, उनीहरु श्रीलङ्काको राजधानी कोलम्बो नजिक एक शिविरमा रहँदै आएका थिए । श्रीलङ्कामा गएको सोमबार दिउँसो देशको दुई तिहाइ क्षेत्रमा कर्फ्यु केही खुकुलो गरिएको थियो । प्रहरीले कर्फ्यु उल्लङ्घन गर्ने ३० हजार जनालाई गिरफ्तार गरिएको बताएको छ ।