अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३
| Colorodo: 23:28
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप र औषधि पत्ता लगाउने काममा तीव्रता दिन आफ्नो सहयोगी राष्ट्रहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण लाखौं मानिस संक्रमित भइरहेको हुनाले यस विरुद्ध खोप र औषधि पत्ता लगाउन संगठनसँग आवद्ध सबै सहयोगी राष्ट्रहरुलाई आग्रह गरेको हो ।
संगठनका प्रमुख डा.टेड्रोस अधोनम घेब्रेयससले महामारीलाई नियन्त्रण गर्न औषधि र खोपको विकास अत्यावश्यक भएकाले सबै सम्बन्धीत पार्टनरलाई यसमा एकाग्र भएर लाग्न आग्रह गर्नुभएको हो । विश्वका सबै देशहरु खोप र औषधि मिलेर बनाउने प्रयासमा एक जुट हुने बताइरहँदा संयुक्त राज्य अमेरिकाले भने विश्व स्वास्थ्य संगठनको खोप र औषधि बनाउने काममा सहभागिता नजनाउने भएको छ । संगठनसँग असन्तुष्ट रहेको अमेरिकाले शुक्रवार संगठनले गरेको आग्रहलाई अस्विकार गरेको हो ।