अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 20:20

कोरोना (कोभिड–१९) का कारण विश्वभर १ लाख ७१ हजार ७ सय बढीको मृत्यु, ६ लाख ५८ हजार ५ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:२१ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ७१ हजार ७ सय ३५जनाको ज्यान गएको छ । कोरोना संक्रमित ६ लाख ५८ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २५ लाख १ हजार ८ सय ९८ जना संक्रमित भएका छन् ।

बल्र्डोमिटर्सले जनाएअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४२ हजार ५ सय १८ जनाको ज्यान गएको छ भने ७ लाख ९२ हजार ९ सय ३८ जनामा संक्रमण भेटिएको छ । ७२ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार २ सय २८ जना संक्रमित हुँदा ४८ हजार ८ सय ७७ जना उपचारपछि घर फर्किएका छन् । स्पेनमा २१ हजार २ सय ८२ जनाको ज्यान जाँदा २ लाख ४ हजार १ सय ७८ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २० हजार २ सय ६५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५५ हजार ३ सय ८३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १६ हजार ५ सय ९ जनाको ज्यान गएको छ र १ लाख २४ हजार ७ सय ४३ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार २ सय ९७ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ८ सय ६२ र बेल्जियममा ५ हजार ९ सय ९८ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ६ सय ३ जनाको ज्यान गएको छ भने १८ हजार ९ सय ८५ जनामा संक्रमण देखिएको छ । त्यहाँ ३ हजार २ सय ७३ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा १ सय ९२ जनाको ज्यान जाँदा ९ हजार २ सय १६ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ६६ रहेको छ ।

बंगलादेशमा १ सय १० जनाको ज्यान जाँदा ३ हजार ३ सय ८२ जना संक्रमित छन् । अफगानिस्तानमा ३६ जनाको मृत्यु हुँदा १ हजार ९२ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ९ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा ८२, नेपालमा ३२ र भुटानमा ६ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू