अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८
| Colorodo: 20:13
पश्चिमा संचारमाध्यमहरुले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन गम्भीर बिरामी रहेको हुनसक्ने दाबी गरेका छन् । यही महिना नेता किम जोङको हजुरबुबाको जन्मजयन्ती रहेको र जन्मजयन्ती समारोहमा उहाँ सहभागी नभएको र यही अनुपस्थितीलाई पनि उन गम्भीर बिरामी परेको हुनसक्ने आंकलन पश्चिमा सञ्चारमाध्यमहरुको रहेको छ ।
एउटा शल्यक्रियापछि उहाँ गम्भीर बिरामी परेको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ । नेता किम जोङ हजुरबुबाको जन्मोत्सवको चार दिनपछि अप्रिल ११ को सरकारी बैठकमा भने सहभागी भएको जनाइएको छ । तर जन्मेत्सवमा सहभागी नहुनुलाई महत्वपूर्ण घटनाको संकेत गरेको पश्चिमा सञ्चारमाध्यमहरुको दावी छ ।