अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 12:32

खातामा ८ मिलियन २ लाख डलर आयो

बिआरटीनेपाल २०७७ वैशाख २ गते २१:३४ मा प्रकाशित

एजेन्सी । इन्डियानाका एक जना भोलिन्टियर फायर फाइटरले जिन्दगीभर नभुल्ने ‘सर्प्राइज’ पाएका छन् । चाल्र्स केभिननामक न्यू सिकागोका ती मानिस हालै २ सय डलर निकाल्न एटिएम पुगे । रकम निकालिसकेपछि उनले रिसिट हेरे । त्यसमा उनले आफ्नो खातामा भएको रकममा केही जिरो अस्वाभाविक रूपमा थपिएको भेटे ।

उनको खातामा ८ मिलियन २ लाख डलर थियो । जबकि उनले कोरोना भाइरस पीडितले पाउने १ हजार ७ सय डलरको मात्र अपेक्षा गरेका थिए । उनले फेरी एटिएममा कार्ड घोटे । एटिएमले उनको खातामा ८ मिलियन २ लाख डलर नै भएको देखायो । अर्थात्, उनी मिलेनियर बनेका थिए  । केल्भिनले आफ्नो खातामा भएको रकमबारे ब्याङ्कलाई जानकारी दिन तत्काल फोन गरे । तर, त्यतिन्जेल उनको खाताबाट रकम गायब भइसकेको थियो । ब्याङ्कले उनको खातामा कोरोना भाइरस पीडितले पाउने १ हजार ७ सय डलर मात्र जम्मा भएको जानकारी दियो ।

उक्त रकम झुक्किएर उनको खातामा आएको थियो कि सबै करदाताले सही हिसाबले रकम पाइरहेका छैनन् र यस्तो भएको हो भन्ने केल्भिनलाई शङ्का छ । तर, जवाफ छैन । दोष कसलाई दिने भन्ने पनि उनलाई थाह छैन । ‘मिलेनियरबाट एकै सेकेन्डमा कङ्गाल हुँदा नराम्रो लाग्छ,’ उनी भन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू